साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से दोहोरो अंकले बढेको छ।
आज नेप्से ५२ दसमलभ २१ अंकले बढेर २५६६ दसमलभ ९ अंकमा पुगेको छ। यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.२४ अंकले बढेर ४९३.४३ विन्दुमा पुगेकाे छ । ५२ अंकले बजार बढ्दा २ अर्व ७९ करोड बढीको कारोबार भएको छ। त्यस्तै आज दिनभर ४३ हजार ५ सय ३८ कारोबारमा २ सय २६ कम्पनीको ५६ लाख १० हजार ६ सय ३१ कित्ता शेयर कारोबार भएको छ।
कारोबारमा आएका २२६ कम्पनि मस्या १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयरमूल्य घटेको छ त्यस्तै ३७ कम्पनीको शेयरमूल्य याथावत रहेको छ।
आज इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागको छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ४१ रूपैयाँ ५० पैसा पुगेकाे हो । त्यस्तै कर्णाली बिकास बैंक, नेपाल हाइड्रो देव्लोपर्स , प्रोग्रेसिभ फाइनान्स , ज्योति बिकास बैंक ,सेन्ट्रल फाइनान्स र हिमालयन पावरको शेयर मूल्य ८ प्रतिसत भन्दा बढीले बढेको छ।

त्यस्तै हिजो सार्बधिक बढेको माउन्टेन इनर्जीको शेयरमूल्य आज सार्बधिक घटेको छ। आज कम्पनीको शेयरमूल्य ३ प्रतिसत भन्दा बढीले घटेको छ भने नेपाल टेलिकमको पनि १ प्रतिसत भन्दा बढीले घटेको छ।

शेयर कारोबार हुने साताको अन्तिम दिन बजार पूँजीकरण रु ३६ खर्ब ३७ अर्ब ५३ करोड ९९ लाख ६७ हजार ५२४ बराबर पुगेको छ । कारोबारका आधारमा अपिपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु १६ करोड ६५ लाख २९ हजार ९६६ बराबरको कारोबार भयो ।
यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड १२ लाख ५६ हजार २२३, एनआइसी एशिया बैंक रु १२ करोड ४६ लाख ११ हजार ५७५, अरुण भ्याली हाइड्रोपावर रु ११ करोड ८६ लाख ७४ हजार ९८८ र हिमालयन डिस्टिलरी रु नौ करोड एक लाख ९३ हजार ८९० बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।










