×
Lagani
Lagani Shiksha gif
नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त , छिटै नेप्सेमा सूचीकरण हुने।



नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

बुधवार भएको उक्त सम्झौतामा कम्पनीको तर्फबाट सञ्चालक विश्व प्रकाश प्रशाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारशमणि ढकालले हस्ताक्षर गरेका हुन।

Lagani Shiksha gif
sharehubapk नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त , छिटै नेप्सेमा सूचीकरण हुने।

शेयर राजिष्ट्रारका रुपमा नियुक्ति भएपछी ग्लोबल आइएमई क्यापिटलले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो ।

कुल २५ लाख २७ हजार १ सय १ जना आवेदक मध्ये २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदक रहेकोमा ७७ हजार ४ सय ५३ जना आवेदकले १० कित्ताको दरले शेयर हात पारेका छन् भने २४ लाख ४५ हजार ४ सय ९९ जना आवेदकको हात खाली भएको छ। त्यस्तै ३ जना आवेदकले ११ कित्ताको दरले शेयर प्राप्त गरेका छन्।

सर्वसाधारणको लागि बाँकी रहेको  ७ लाख ७४ हजार ५६३ कित्ता सुरक्षित गरिएको थियो  । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको थियो । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस