राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओ शेयरधनीको डिम्याट खातामा आएको छ ।
लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको थियो ।
हाल लघुवित्तको चुक्ता पूँजी चुक्ता पूँजी २६ करोड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शेयर सूचिकरण सम्झौता भएपछि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।








jalpa ko kahioe aaux