यतिबेला सामाजिक संजालमा रुसी सैनिकलाई युक्रेनी नागरिकले सहयोग गरेको एउटा हृदयविदारक भिडियो भाइरल भइरहेको छ ।
छोटो क्लिपमा, एक जवान रूसी सिपाहीले चियाको चुस्की र खाजा खाइरहेको देख्न सकिन्छ । एक महिलाले उनको ढाडमा सुम्सुम्याउँदै ‘सबै ठिक हुन्छ ठिक छ’ भनिरहेको देखिन्छ । चिया पिउँदै उनले रुँदै आमासँग पनि कुरा गरिरहेका छन् जहाँ स्थानीयले नै आफ्नो हातमा फोन समातीरहेको देखिन्छ ।
जब मानिसहरूले उसलाई शान्त पार्न उनको पीठमा सुम्सुम्याउन थाल्छन , उनी निकै स्तब्ध हुन्छन। यूएस सन द्वारा प्रदान गरिएको अनुवादमा एक दर्शकले यसो भनेको सुन्न सकिन्छ, “यी जवानहरु हुन् , यो उनीहरूको गल्ती होइन। उनीहरूलाई थाहा छैन उनीहरू किन यहाँ छन्। अर्का एक व्यक्ति उनीसँग जोडिएर भन्छन्, “उनीहरूले पुरानो नक्साहरू प्रयोग गरिरहेका छन्, तिनीहरू हराएका छन्।”
बजफिडका समाचार संवाददाता क्रिस्टोफर मिलरले ट्वीटरमा सेयर गरेको १:४२ सेकेन्डको भिडियोलाई १० लाखभन्दा बढी पटक हेरिएको छ र हजारौं लाइक र रिट्वीटहरू जम्मा भएका छन्।
जबकि धेरै मानिसहरू युक्रेनी नागरिकहरूले देखाएको दयाबाट प्राभावित भएको देखिन्छ। कतिपयले युद्धबन्दीको भिडियो शेयर गर्नु जेनेभा महासन्धिको नियमविपरीत भएको बताएका छन् । पक्राउ परेका केही सैनिकहरूले बताएअनुसार युद्धमा लड्न अस्वीकार गरे उनीहरूलाई गोली हानेर मार्ने भनिएको थियो ।
त्यस्तै एक घाइते रुसी सैनिकले भनेका छन्, “यो हाम्रो युद्ध होइन । आमा दिदी बहिनीहरू आफ्ना पति र छोराछोरी लैजानुहोस् । हामी यहाँ रहन आवश्यक नै छैन ।” रुँदै गरेका अर्का रुसी कैदिले पनि भनेका छन्, “यहाँ कसैको शव पनि उठाइँदैन कुनै अन्त्येष्टि समेत गरिँदैन ।” शव छुने बित्तिकै रसियन फेडेरल सेक्युरिटी सर्भिसले गिरफ्तार गर्ने गरिएको उनले बताए ।
देशको रक्षा मन्त्रालयले “हजारौं दुखी रूसी आमाहरू” लाई युक्रेनमा पक्राउ परेका आफ्ना छोराहरूलाई कसरी उठाउन सकिन्छ भनेर उनीहरूलाई थाहा दिन फेसबुकमा निर्देशनहरू पोस्ट गरेको छ।युक्रेनले विभिन्न सोशल मिडिया प्लेटफर्महरूमा कब्जा गरिएका र मृत रूसी सैनिकहरूको फोटोहरू र फुटेजहरू पनि साझा गरिरहेको छ, जसमा रगतले लतपतिएको, जलाइएको, चकनाचूर वा च्यातिएको लाशहरूको तस्बिरहरु समावेश छन्।
यसअघि, युक्रेनीहरूले नाङ्गो हातले बारुदी सुरंगहरू सार्दै वा खेतीका ट्र्याक्टरहरूका साथ सैन्य ट्रकहरू तानेर रुसी आक्रमणसँग लडिरहेको भिडियोहरू भाइरल भएका थिए।
Remarkable video circulating on Telegram. Ukrainians gave a captured Russian soldier food and tea and called his mother to tell her he’s ok. He breaks down in tears. Compare the compassion shown here to Putin’s brutality. pic.twitter.com/KtbHad8XLm
— Christopher Miller (@ChristopherJM) March 2, 2022












