×
ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सिडिएस क्लियरिङका अनुसार बुधवार साँझ ५ बजे सम्ममा ५ हजार ७१९ जनाबाट २८ लाख १० हजार ४१०  कित्ताका आवेदन परेको छ ।कम्पनीले ३१ लाख २५ हजार कित्ता आईपीओ फागुन २ गतेदेखि विक्री खुला गरेको हो ।

कम्पनीको पहिलाे चरणमा आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-३ (साविक खिजीचण्डेश्वरी गा.बि.स.), ओखलढुङ्गा, लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स.), ओखलढुङ्गा, लिख तामाकोशी गाउँपालिका-१ (साविक दरागाउँ गा.वि.स.), रामेछाप, लिख तामाकोशी गाउँपालिका-२ (साविक सपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका-७ (साबिक भुजि गा.वि.स.) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेकाे हाे ।

कम्पनीले आफ्नो जारी पुँजी (रु तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले १०० रुपैयाँ अंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं १, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयरको बिक्री खुला गरेको हो ।

स्थानीयले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत् सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। हाल कम्पनीको संस्थापकहरुबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । संस्थापकबाट ८० प्रतिशत शेयर चुक्ता भएको हो ।

साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुंगाको खिजिदेम्बा शाखा तथा आयोजना स्थलबाट सेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थानुसार रेटिङ गर्दा केयर रेटिङ्ग कम्पनीलाई ‘केयरनपी–आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औषत जोखिममा रहेको बुझिन्छ।

 

Issue Closed Notice FH11 page 001 scaled e1646377970636 ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस