CYCL 1540 -7 NICL 990.2 -4.8 ALBSL 1040 -4 GMFIL 623 1 PBD84 1065 1.7 SANIMA 326 -10.2 UNLB 2527 -3.9 NABIL 594 3 SHLB 1886.9 1.9 BOKD86 1040 18 LUK 9.21 -0.09 NLICL 606 -4 TAMOR 482.9 -2.1 AKJCL 209 -3 GVL 538.5 -22 ENL 1102 -18 SEF 9.51 -0.24 CIZBD90 1081 1 LSL 253.5 -5.5 NBF3 9.04 0.17 NHDL 570 0 FOWAD 1479 0 EHPL 840 7.9 UNL 48870 -930 SLBSL 1398.4 21.4 SIFC 628 10 TRH 1118 -5 SPHL 666.9 16.9 IGI 600 -4 DLBS 1374 30 MEN 631.1 -3.9 SAGF 9.31 0.01 SMATA 875 -16 MANDU 885 -14 BNT 14350 -50 AHPC 267 -0.6 SHL 512 -4.5 HIDCL 270.7 -4.1 PBD88 1102.1 2.1 NWCL 975 -13.9
×
नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँट भोलि नहुने ,अब कहिले होला त ?



नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ भोलि बाँडफाँट नहुने भएको छ ।

स्रोतका अनुसार आईपीओ बाँडफाँडका लागि क्यापिटलबाट गर्नुपर्ने सबै काम सम्पन्न भइसकेकाले  शनिबार नेष्डो समृद्ध लघुवित्तका कर्मचारी उपस्थित भएपछि आइतबार प्री अलोटमेन्ट सम्पन्न गरी आगामी साता नै आईपीओ बाँडफाँड गरिने छ।

सिडिएस क्लियरिङका अनुसार कम्पनीको आईपीओमा २५ लाख ९९ हजार ५९८ जना आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ताका लागि आवेदन परेको छ  जुन मागभन्दा ३८ दशमलव ८७ गुणा बढी हो ।

यहि आवेदनको आधारमा हिसाब गर्दा जम्मा २.९७ प्रतिसत लगानीकर्ताले १० किताको दरले शेयर हात पर्ने छन् भने बाकि ९७ प्रतिसत लगानीकर्ताको हात खालि रहने छ। तर यो अन्तिम तथ्यांक भने होइन।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

सर्वसाधारणको लागि बाँकी रहेको  ७ लाख ७४ हजार ५६३ कित्ता सुरक्षित गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

कम्पनीले फागुन ११ गतेदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो ।  आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस