×
Lagani
Lagani Shiksha gif
जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त , छिटै नेप्सेमा सुचिकृत हुने।



जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

२०७८ फागुन १३ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

Lagani Shiksha gif

सम्झौतामा जाल्पा लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए।

शेयर राजिष्ट्रारका रुपमा नियुक्ति भएपछी प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ।

कम्पनीले केहि दिन अघि मात्रै आइपियो बाँडफाँट गरेको हो। कम्पनीको प्राकासित वित्तिय विवरण अनुसार  कम्पनीको बास्तबिक प्रति शेयर नेटवर्थ रु १६४.६० रहेको छ भने प्रति शेयर आम्दानि २५.०९ रहेको छ।  नेप्सेले कम्पनीको नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने भएको हुदा जाल्पा सामुदायिक लघुवित्तको ओपनिङ्ग रेञ्ज रु १६४.६० देखि रु ४९३.८० हुने सम्भावना रहेको छ।

लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना आवेदकबाट ३ अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

त्यस मध्ये १ लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएका छन् ।त्यस अनुसार २५ लाख र ८७ हजार ४०० जना योग्य आवेदकबाट ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस