


शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस।
सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर जारी गर्नको अनुमति माग्दै आवेदन पनि दिइसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।
रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनिले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डसँग २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासनको लागि अनुमति मागेको छ । बोर्डबाट अनुमति पाए स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्नेछ। राप्ती हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
दोर्दीखोला जलविद्युत् आयोजनाले आइपिओ बिक्री गर्ने भएको छ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको सार्वजनिक निष्काशन गर्ने भएको हो । दोर्दी खोलाले निष्काशन गर्ने एक सय रुपैयाँ अंकित दरमा २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओलाई रेटिङ्ग कम्पनी इक्राले औसतभन्दा तल आधार जनाउने ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ प्रदान गरेको छ।
अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको हो। कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्तामा एनएमबी क्यापिटल नियुक्त गरेको छ ।
अप्पर हेवा खोला हाइड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । बिक्री गर्ने सेयरमध्ये ५ लाख कित्ता आयोजना प्रभावित स्थानीय र १५ लाख कित्ता सर्वसाधारणका लागि छुट्ट्याइएको कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएकाले आवश्यक प्रक्रिया पूरा गरी सेयर निष्कासन तथा बाँडफाँड गर्ने कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ ।
विन्दवासिनी हाइड्रोपावरले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २२ करोड बराबरको २२ लाख कित्ता निष्कासन गर्न लागेको हो । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।
बलेफी हाईड्रोपावर लिमिटेडले प्रति शेयर रु.१००(अंकित दरको ३६,५५,९४० कित्ता साधारण शेयर (स्थानीय बासिन्दा समेत) सर्वसाधारणहरुमा निश्कासन गर्ने भएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमीटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोर प्लसको रेटिङ दिएको छ ।
ग्रीन भेन्टर हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापीटल रहेको छ । आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् ।
थ्री स्टार हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १२ लाख ३१ हजार २५० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।