शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस।
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । असोज २० गते नै प्रि अलोटमेण्ट सम्पन्न गरि शुक्रवार विक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बिहान १०ः३० बजे अन्तिम बाँडफाँट गर्न लागिएको हो ।
बुद्धभूमिले ११ असोजबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
सर्वसाधारणका लागि छुट्याइएको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओमध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला। २) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला। ३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला। ४) आफ्नो दिम्यात नम्बर हानि कम्पनि छान्नुहोला। ५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
बुद्धभूमिको आईपीओमा २१ लाख ४२ हजार जना आवेदकबाट दुई करोड ६९ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन माग गरिएकोभन्दा ३६ दशमलव १८ गुणा बढी हो ।
रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आईपीओलाई ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले औसतभन्दा कम जोखिम व्यहोर्न सक्ने कम्पनी भएको जनाउँछ । बुद्धभूमिले नुवाकोट जिल्लामा चार दशमलव ९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को अपस्किृत वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।
नतिजा यहाँ बाट पनि हेर्न सक्नु हुने छ।









