बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा दोस्रो दिन मंगलवारसम्ममा १० लाख ९० हजार ३३३ जनाले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार मंगलवार साँझ ५ : ३० बजेसम्म १० लाख ९० हजार ३३३ आवेदकहरुबाट १ करोड ४१ लाख ५० हजार ५५० कित्ताका लागि आवेदन परेको हो । जुन कम्पनीले सर्बसाधारणको लागि निस्कासन गरेको ७ लाख ४४ हजार कित्ताको तुलनामा १९ गुणा बढी आवेदन हो। मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदकको संख्या बढे संगै आइपियो पर्ने सम्भाभाना कम हुदै गएको छ। यो आइपीयो पनि गोलाप्रथा अनुसार करिब ७० हजार लगानीकर्ताले हात पर्ने छन्।
कम्पनीले सर्वसाधारणमा कुल रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा आएको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । बुद्धभूमिको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ७४ हजार ४०० जनाले मात्र सेयर हात पार्नेछन् । कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेपनि १० कित्ता आवेदन दिदा नै काफी हुनेछ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसले ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावरको अधिकृत पुँजी ७५ करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी ४० करोड रुपैयाँ छ । यसमध्ये संस्थापक सेयरधनीबाट २८ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीयबाट ४ कारोड रुपैयाँ गरी कुल ३२ करोड रुपैयाँ चुक्ता भइसकेको छ । सर्वसाधारण तथा कर्मचारीलाई अहिले जारी हुन लागेको ८ लाख कित्ता आइपीओ बिक्री भएपछि बुद्धभूमिको चुक्ता पुँजी जारी पुँजीको बराबर अर्थात ४० करोड रुपैयाँ पुग्नेछ ।












