×
तेह्रथुम पावरको आईपीओ बाँडफाँट भोलि , नतिजा कहाँबाट हर्ने ?



तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । एनआईविएल एस क्यापिटलका अनुसार मंगलबार प्रिअलोटमेन्ट सकिएपछि कम्पनीको सेयर बाँडफाँट शुक्रबार गर्ने तयारी थालेको हो ।

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन् । बाँकी आवेदकले भने पाउने छैनन् ।

कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गर्नेछ ।

हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको स्थानीयलाई ४ करोड र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

कसरि हेर्ने त् नतिजा ?

आईपीओ बाँडफाँट भए लगतै  नेप्से बजारको एप    साथै एनआईविएल एस क्यापिटलको साइट    , मेरो शेयरको नतिजा हेर्ने साइत र  मेरो शेयर  मार्फत नतिजा हेर्न सकिने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस