×
५६% बढ्यो नागरिक लगानी कोषको नाफा



नागरिक लगानी कोषले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक गरेको छ।

लगानी कोषले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५९ करोड २० लाख ९ हजार खुद नाफा गरेको छ जुन गत वर्षको रू. ३७ करोड ९४ लाख खुद नाफा भन्दा यस वर्ष ५६ प्रतिशत वृद्धि भएको हो ।गत वर्ष रू. १ खर्ब ४२ अर्ब २५ करोड ८ लाख लगानी गरेको कम्पनीले यस वर्ष रू. १ खर्ब ६२ अर्ब ४२ करोड ९ लाख ८७ हजार लगानी गरेको छ ।

यस वर्ष रू. ९९ करोड ५९ लाख २१ हजार आम्दानी गरेको छ जुन गत वर्षको रू. ७० करोड ८५ लाख कुल आम्दानी भन्दा ४० दशमलव ५६ प्रतिशत बढी हो । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) रू. २६ र प्रतिशेयर नेटवर्थ रू. १५६ रहेको छ ।

यस वर्ष रू. २० करोड ६५ लाख ७५ हजार कुल खर्च गरेको जुन गत वर्षको रू. २० करोड २६ लाख कुल खर्च भन्दा २ प्रतिशत मात्र बढी भएको छ। चुक्तापूँजी रू. ३ अर्ब रेको कम्पनीको शेयर प्रिमियम रकम रू. १ अर्ब २६ करोड ४८ लाख ७८ हजार छ ।

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ८३ प्रतिशत बढी रू. १३ अर्ब २६ करोड ४० लाख ३४ हजार कायम भएको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा १४ प्रतिशत बढी लगानी गरेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस