×
Lagani
Lagani Shiksha gif
लगानीकर्ता मालामाल आजपनि बढ्यो सिंगटी र रुरुको शेयर मूल्य



सिंगटी हाइड्रोपावरको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ।

आज कम्पनीको शेयर ५२९   मा कारोबार भइरहेको छ।  आज  कम्पनीको शेयरमा अधिकतम  ९.९ ८  प्रतिसत आर्थत ४८   अंकको बृधि भएको हो।   हिज  ४८१   मा कारोबार बन्द भएको कम्पनीको आज ५०५  मा कारोबार खुलेको थियो भने हालसम्म अधिकतम वढेर ५२९    पुगेको छ।

Lagani Shiksha gif

Screenshot 2021 05 05 120600 लगानीकर्ता मालामाल आजपनि बढ्यो सिंगटी र रुरुको शेयर मूल्य

 

त्यस्तै रुरुको शेयरमा पनि आज पनि सकारात्मक सर्किट लागेको छ।

अस्ति  मात्र कारोबारमा आएको रुरुको आज कम्पनीको शेयर ४४६   मा कारोबार भइरहेको छ।  आज  कम्पनीको शेयरमा  ५.६९   प्रतिसत आर्थत २४    अंकको बृधि भएको हो।   हिज ४२२     मा कारोबार बन्द भएको कम्पनीको आज ३३०   मा कारोबार खुलेको थियो भने हालसम्म वढेर ४४६    पुगेको छ।

Screenshot 2021 05 05 120614 लगानीकर्ता मालामाल आजपनि बढ्यो सिंगटी र रुरुको शेयर मूल्य
सिंगटीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो।

त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई छुट्टाइएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस