×
Lagani
Lagani Shiksha gif
आजपनि बढ्यो सिंगटीको शेयर मूल्य , अझै कति बढ्ला ?



सिंगटी हाइड्रोपावरको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ।

आज कम्पनीको शेयर ३९९ मा कारोबार भइरहेको छ।  आज साताको पहिलो दिन कम्पनीको शेयरमा अधिकतम  ९.९२ प्रतिसत आर्थत ३६ अंकको बृधि भएको हो।   गत साता ३६३ मा कारोबार बन्द भएको कम्पनीको आज ३८१मा कारोबार खुलेको थियो भने हालसम्म अधिकतम वढेर ३९९ पुगेको छ।

Lagani Shiksha gif
sharehubapk आजपनि बढ्यो सिंगटीको शेयर मूल्य , अझै कति बढ्ला ?

हाल सम्ममा कम्पनीको ७८० कित्ताको शेयर कारोबार भएको छ भने खरिद  गर्नको लागि माग बढिरहेको छ। नेप्सेमा सुचिकृत भएर कारोबार सुरु गरे लगतै यो कम्पनीको शेयर मूल्य लगातार सकारात्मक लेभलमा सर्किट हानिरहेको छ।

हालको तथ्यांकलाइ हेर्दा रु १००० लगानी गर्ने लगानीकर्ताले करिब रु ३००० नाफा कमाइसकेका छ। यस्तै अवस्था रहे केहि दिनसम्म यो कम्पनीको शेयर मूल्य बढ्न सक्ने देखिन्छ।

Screenshot 2021 05 02 110212 आजपनि बढ्यो सिंगटीको शेयर मूल्य , अझै कति बढ्ला ?

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो।

त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

माग भन्दाबढी आवेदन परेकोले कम्पनी शेयर न्यूनतम १० कित्ताका दरले वितरण गरिएको छ सो अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।

बाँकि योग्य आवेदकमध्ये १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस