मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आइपियो निस्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीले चुक्तापुँजीको १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख रुपैयाँ कित्ता सेयर आयोजना प्रभावित जिल्लाका नागरिकका लागि निष्कासन गर्ने तयारी गरेको हो।चुक्तापुँजीको १५ प्रतिशत अर्थात् ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र सर्वसाधारणको को लागि ९० करोड रुपैयाँको ९० लाख कित्ता गरि कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले ल्याउन अनुमति पाएको हो ।
यस यस आइपियोलाई आइपियोलाई केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको को आइपियोको आइपियोको बिक्री प्रकन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।कम्पनीले नागरिक लगानी कोषसँग सेयर प्रत्याभूतिका लागि सम्झौता गरिसकेको छ।
कम्पनीले आइपियो निस्कासन गर्नको लागि अनुमति माग्दै २०७६/१०/७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। अब कम्पनीले छिटै आइपियो निस्कासन गर्ने छ। आइपियोमा आवेदन दिने सक्रिय लगानीकर्ता करिब १५ लाख रहेको र कम्पनीले निस्कासन गर्ने आइपियो १० कित्ताको दरले बाडफाड गर्दा १५ लाख लगानीकर्ताको हात खालि नहुने प्रारम्भिक अँनुमान गर्न सकिन्छ। तर स्थानीयबासीको लागि निस्कासन हुने आइपियो भने १० कित्ता भन्दा बढी नै पर्ने र सर्बसाधरणको लागि निस्कासन हुने आइपियोमा धेरैको हात खालि नहुने देख्न सकिन्छ।
यसअघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीका लागि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ। कम्पनीले १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिरहेको छ।














