×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्काशन गर्दै धौलागिरी लघुवित्त, बिक्री प्रवन्धकमा सनराइज क्यापिटल



धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि ३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। जसअनुसार यो कम्पनीले नियामक निकायबाट अनुमति पाएपछि १०० रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता आईपीओ जारी गर्नेछ।

लघुवित्तले तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गरेको हो । लघुवित्त वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीचे द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हाल चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निष्कासन भए पश्चात् १० करोड चुक्ता पुँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरू तर्फ कुल १० करोड ३८ लाख रहेको छ ।

धौलागिरी लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी मिती २०७५/११/०१ देखी वित्तीय कारोबार गर्दै आईरहेको छ । यस वित्तीय संस्थाले बि.स. २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४ हजार ४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को आसार मसान्तसम्ममा संस्थाको वितरण योग्य मुनाफा रु. २ करोड ६० लाख रहेकोमा पुस मसान्तसम्म आइपुग्दा उक्त वितरणयोग्य मुनाफा रु.४ करोड ९ लाख पुगेको छ। आर्थिक वर्ष २०७७/७८ को मसान्तमा प्रतिसेयर आम्दानी रु.५०.१२ भन्दा बढी कायम गरेकोमा चालु आर्थिक वर्षको पुसमसान्त सम्ममा आइपुग्दा रु.६१.४५ प्रतिसेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले जानकारी गराए।

Agreement exchange picture 1024x576 1 आईपीओ निष्काशन गर्दै धौलागिरी लघुवित्त, बिक्री प्रवन्धकमा सनराइज क्यापिटल

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस