×
Lagani
Lagani Shiksha gif
महिला लघुवित्तकाे आइपिओ बाँडफाँड आज हुने , तपाइलाइ पर्ने सम्भावना कति ?



महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आइपिओकाे बाँडफाँड आज हुने भएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले आइपिओकाे प्रि-अलोटमेण्ट हिजाे सम्पन्न भएको हुनाले शुक्रबार बाँडफाँड गर्ने जनाएको छ।

कम्पनीले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे कम्पनीको उक्त शेयरमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन दिएका छन् ।जुन माग भन्दा करिब ६० गुणा बढी हो। माग भन्दा धेरै आवेदन परेकाे हुनाले यस आइपिओ हात पार्न भाग्यमा भर पर्नु पर्ने देखिन्छ।

Lagani Shiksha gif
sharehubapk महिला लघुवित्तकाे आइपिओ बाँडफाँड आज हुने , तपाइलाइ पर्ने सम्भावना कति ?

माग भन्दा बढी आवेदन परेको हुनाले गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५०० जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार २ हजार ५ सय ४८ जना आवेदकहरूकाे हात खाली हुनेछ ।

कुल निस्कासन मध्य जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाकि ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस