×
Lagani
Lagani Shiksha gif
कारोबारको सातौं दिन पनि मध्य भोटेकोशीको शेयरमूल्यमा सकारात्मक सर्किट



साताको तेस्रो कारोबार दिन मंगलवार पनि मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १९४ दशमलव ८० पुगेको छ ।

Lagani Shiksha gif
sharehubapk कारोबारको सातौं दिन पनि मध्य भोटेकोशीको शेयरमूल्यमा सकारात्मक सर्किट

दोस्रो बजारमा कारोबारमा आएको सातौं दिनसम्म पनि कम्पनीको शेयरमूल्य लगातार सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भभएकाले कम्पनीको शेयरमूल्य बढेको हो ।

मार्केट डेप्थमा हेर्दा यो दिन  कम्पनीको शेयरमा ६ लाख १० हजार ४४० कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.९४ दशमलव ३९ देखि २८३ दशमलव १७ तोकेको थियो ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले कुल ६ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस