×
Lagani
Lagani Shiksha gif
एक महिने निःशुल्क बारिष्टा तालिम, एसईई उत्तीर्णले आवेदन दिन सक्ने



कास्कीमा एसईई उत्तीर्ण युवाका लागि एक महिने निःशुल्क बारिष्टा तालिम सञ्चालन हुने भएको छ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एकीकृत सेवा कार्यालय, कास्कीले २० जना सहभागीका लागि तालिम सञ्चालन गर्न आवेदन माग गरेको हो। कार्यालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गर्न लागेको जनाएको छ। बारिष्टा क्षेत्रमा सीप हासिल गरी रोजगारी तथा स्वरोजगारका अवसर खोजिरहेका युवालाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको हो।

Lagani Shiksha gif
sharehubapk एक महिने निःशुल्क बारिष्टा तालिम, एसईई उत्तीर्णले आवेदन दिन सक्ने

तालिममा सहभागी हुन नेपाली नागरिक हुनुपर्नेछ। आवेदकको उमेर १८ वर्षदेखि ४० वर्षसम्म हुनुपर्ने र एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ। कार्यालयले बेरोजगार, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा महिलालाई विशेष प्राथमिकता दिने जनाएको छ। तालिममा सहभागी हुन इच्छुकले निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, एसईई उत्तीर्ण गरेको मार्कसिट र सर्टिफिकेटको प्रतिलिपि तथा दुई प्रति फोटो पेश गर्नुपर्नेछ। आवेदनका लागि कुनै शुल्क लाग्ने छैन।

इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र एकीकृत सेवा कार्यालय, कास्कीमा पुगेर आवेदन पेश गर्नुपर्नेछ। सूचना २०८३ असोज ६ गते प्रकाशित भएकाले इच्छुकले तोकिएको समयभित्रै आवश्यक कागजातसहित कार्यालयमा आवेदन बुझाउनुपर्नेछ।

बारिष्टा तालिममा जम्मा २० जना सहभागी गराइनेछ। आवेदनकर्ताको संख्या २० जनाभन्दा बढी भएमा कार्यालयले तोकेको प्रक्रियाअनुसार सहभागी छनोट गरिनेछ। तालिममा सहभागी हुने व्यक्तिको छनोट गर्ने अधिकार कार्यालयमा निहित रहने सूचनामा उल्लेख गरिएको छ। तालिमका लागि आवेदन दिन चाहनेले एकीकृत सेवा कार्यालय, कास्कीमा सम्पर्क गरी आवेदन बुझाउन सक्नेछन्। थप जानकारीका लागि कार्यालयको ०६१–५७०२०४ नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

सीपमूलक तालिममार्फत बारिष्टा सम्बन्धी ज्ञान तथा व्यावहारिक सीप हासिल गर्न चाहने एसईई उत्तीर्ण युवाका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। इच्छुकले अन्तिम मिति कुर्नुभन्दा अगावै आवश्यक कागजात तयार गरी सम्बन्धित कार्यालयमा आवेदन पेश गर्न सक्नेछन्।

sasassss एक महिने निःशुल्क बारिष्टा तालिम, एसईई उत्तीर्णले आवेदन दिन सक्ने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस