×
Lagani
Lagani Shiksha gif
अन्डाको समर्थन मूल्यमा पुनः वृद्धि: उपभोक्तालाई थप भार



नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन मूल्यमा पुनः वृद्धि गरेको छ।

नयाँ मूल्यवृद्धि असोज ७ गतेदेखि नै लागू भइसकेको छ। यस पटक विशेषतः एक्सल र ठूलो आकारका अन्डाको मूल्य बढाएको छ। नयाँ मूल्यसूची अनुसार, एक्सल आकारको अन्डा प्रतिक्रेट ६ सय १५ रुपैयाँ पुगेको छ, जुन यसअघि ६ सय रुपैयाँ थियो। त्यस्तै, ठूलो आकारको अन्डाको मूल्य प्रतिक्रेट ६ सय रुपैयाँ कायम भएको छ, जुन पहिले ५ सय ९० रुपैयाँ थियो।

Lagani Shiksha gif
sharehubapk अन्डाको समर्थन मूल्यमा पुनः वृद्धि: उपभोक्तालाई थप भार

यसरी एक्सल अन्डामा प्रतिक्रेट १५ रुपैयाँ र ठूलो अन्डामा प्रतिक्रेट १० रुपैयाँको मूल्यवृद्धि भएको छ। काठमाडौंमा देशैभरिका अन्डा उत्पादकहरूको भौतिक तथा भर्चुअल सहभागितामा सम्पन्न संयुक्त बैठकले यो नयाँ मूल्य निर्धारण गरेको संघले जनाएको छ। तर, ठूला अन्डाको मूल्य बढे पनि मध्यम (मिडियम), सानो आकारका अन्डा र खुद्रा उपभोक्ता मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

मध्यम आकारको अन्डा प्रतिक्रेट ५ सय ५० रुपैयाँ र सानो अन्डाको समर्थन मूल्य प्रतिपेटी ३ हजार २ सय रुपैयाँ यथावत राखिएको छ। खुद्रा उपभोक्ताका लागि प्रतिगोटा अन्डाको मूल्य २५ रुपैयाँ र दुईवटाको ४५ रुपैयाँ नै कायम छ। यस मूल्यवृद्धिको प्रत्यक्ष असर अन्डाको खुद्रा मूल्यमा समेत पर्न सक्ने अनुमान गरिएको छ, जसले उपभोक्ताहरूलाई थप आर्थिक भार पार्ने सम्भावना छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस