×
Lagani
Lagani Shiksha gif
भोलि देखि २४ सै घण्टा खुल्दै भाटभटेनी , कर्मचारीलाई २५ प्रतिसत बढी तलब।



भाटभटेनी सुपरमार्केटले आफ्ना ग्राहकहरूलाई थप सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुरस्थित आफ्नो शाखालाई भोलि (भदौ १ गते) देखि २४सै घण्टा सञ्चालनमा ल्याउने भएको छ।

यो कदम अन्तर्राष्ट्रियस्तरको खुद्रा व्यापार मोडललाई अनुशरण गर्दै सुरु गरिएको एक महत्वाकांक्षी पाइलट प्रोजेक्ट हो। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार, हालै सम्पन्न गरिएको २४ घण्टा सञ्चालनको परीक्षण सफल भएपश्चात् यो निर्णय लिइएको हो। यसबाट ग्राहकहरूले जुनसुकै समयमा पनि किनमेलको सुविधा प्राप्त गर्नेछन्। हाल यो शाखा बिहान ७:३० देखि राति ९:०० बजेसम्म मात्र सञ्चालनमा थियो।

Lagani Shiksha gif
sharehubapk भोलि देखि २४ सै घण्टा खुल्दै भाटभटेनी , कर्मचारीलाई २५ प्रतिसत बढी तलब।

रातिको समयमा सामानको व्यवस्थापन, मौज्दातको पुनर्भरण र अन्य व्यवस्थापकीय कार्यहरू सम्पन्न गरिनेछ, जसले गर्दा दिनको समयमा ग्राहकहरूलाई अझ उत्कृष्ट सेवा प्रवाह गर्न सकिने कम्पनीको भनाइ छ। यस योजना अन्तर्गत, राति खटिने कर्मचारीहरूलाई उनीहरूको नियमित तलबको २५ प्रतिशत अतिरिक्त प्रोत्साहन भत्ताका साथै चिया-खाजाको समेत व्यवस्था गरिनेछ। भक्तपुर शाखामा यस २४ घण्टे सञ्चालनको परीक्षणबाट प्राप्त हुने अनुभव र सिकाइका आधारमा, भाटभटेनीले आफ्ना अन्य शाखाहरूमा पनि यो सेवा विस्तार गर्ने योजना बनाएको छ। यसबाट देशभरका ग्राहकहरूले २४ सै घण्टा किनमेलको सुविधा पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस