×
Lagani
Lagani Shiksha gif
कालंगा हाइड्रोको आईपीओ निष्काशन मिति सार्बजनिक , कति दिने आवेदन ?



कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले यही जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ आवेदन खुला गर्ने जनाएको छ। लगानीकर्ताले जेठ १३ गतेसम्म यसमा आवेदन दिन सक्नेछन्। यद्यपि, बजारमा मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि जेठ २२ गतेसम्म लम्ब्याइने व्यवस्था गरिएको छ।

यसअघि कालंगा हाइड्रोले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि लक्षित सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब, यसरी बाँकी रहेको सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागिएको हो।

Lagani Shiksha gif
sharehubapk कालंगा हाइड्रोको आईपीओ निष्काशन मिति सार्बजनिक , कति दिने आवेदन ?

कम्पनीले १ अर्ब ४० करोड रुपैयाँको जारी पुँजीमा ३५ प्रतिशत बराबरको ४९ लाख कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी हुने यी सेयरको कुल मूल्य ४९ करोड रुपैयाँ पुग्नेछ।

प्राथमिक सेयर निष्काशनको क्रममा, कम्पनीले १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई र ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ।

कुल निष्काशनमध्ये १ लाख ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने १ लाख ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। यी सबै छुट्याएपछि, कुल २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा आउनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। पछिल्लो समयमा प्राथमिक सेयर निष्काशनमा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएकाले, यो आईपीओ पनि तोकिएको अवधिभित्रै ओभरसब्सक्राइब हुने बलियो सम्भावना देखिएको छ। यस प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हाल्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस