कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड वैशाख ७ गते, सोमबार हुने भएको छ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले यो जानकारी दिएको छ।
कम्पनीले यसअघि चैत्र २२ देखि २५ गतेसम्म ६ लाख ८४ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणमा बाँडफाँडका लागि खुलाएको थियो। यस आईपीओमा आवेदन दिने मध्ये करिब ६८ हजार ४७५ जना आवेदकले प्रतिव्यक्ति १०–१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। बाँकी आवेदकहरू भने यस पटक सेयर पाउनबाट वञ्चित हुनेछन्।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted








