×
Lagani
Lagani Shiksha gif
सर्बसाधारणको लागि आईपीओ निष्कासन गर्दै चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप



चन्द्रागिरी इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्तावलाई संस्थागत रूपमा पारित गरेको छ। कम्पनीको हालै सम्पन्न प्रथम वार्षिक साधारण सभाले सो प्रस्तावलाई सर्वसम्मतले स्वीकृती दिएको हो। यस प्रस्तावअन्तर्गत कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ।

आईपीओ निष्कासनको पूर्वतयारी स्वरूप, कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित गरेको छ। साधारण सभाबाट आईपीओ निष्कासन सम्बन्धी सम्पूर्ण कार्यभार सञ्चालक समितिलाई सुम्पिएको छ।

Lagani Shiksha gif

यसैबीच, सोही सभाबाट आगामी कार्यकालका लागि ६ सदस्यीय नयाँ सञ्चालक समितिको पनि निर्विरोध चयन सम्पन्न भएको छ। राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बीरेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले राजन श्रेष्ठलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी सुम्पिएको छ।

विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले यसअघि नै इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसान जस्ता प्रतिष्ठित कम्पनीहरूमा लगानी गरिसकेको छ। कम्पनीको योजना अनुसार, आईपीओबाट प्राप्त हुने पुँजीलाई थप उत्पादक र व्यावसायिक क्षेत्रमा लगानी गरी संस्थाको विकासलाई अगाडि बढाउने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस