×
नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज



नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन छ ।

बैंकले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि १४ मंसिरमा बुकक्लोज गर्दै छ । यसअनुसार, आज बिहीबारसम्म नेप्सेमा कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्दैछ । यसले एक बराबर एक अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्नेछ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सबै शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस