×
Lagani
Lagani Shiksha gif
सूर्यकुण्ड हाइड्रोको शेयर नेप्सेमा सूचीकृत: आइतवारदेखि कारोबार खुल्ने



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको शेयर आज सूचीकृत भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ६८ लाख ९६ हजार ७४४ कित्ता शेयर नेप्सेमा दर्ता गराएको छ। यसमध्ये १३ लाख ७९ हजार ३५० कित्ता सर्वसाधारणका लागि र ५५ लाख १७ हजार ३९४ कित्ता संस्थापक शेयर छन्।

‘एसकेएचइएल’ स्टक संकेतमा सूचीकृत भएको यस कम्पनीको शेयर चैत १२ गतेदेखि कारोबारका लागि खुल्ने भएको छ। संस्थापक, स्थानीयवासी र कर्मचारीका शेयर तीन वर्षसम्मका लागि लकइनमा रहनेछन् भने सामूहिक लगानी कोषको शेयर ६ महिनाका लागि लकइन गरिनेछ। सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरिएको मितिदेखि यो लकइन अवधि लागू हुनेछ।

Lagani Shiksha gif
sharehubapk सूर्यकुण्ड हाइड्रोको शेयर नेप्सेमा सूचीकृत: आइतवारदेखि कारोबार खुल्ने

फागुन ५ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ९४ रुपैयाँ ७७ पैसा र अधिकतम २८४ रुपैयाँ ३१ पैसा मूल्य निर्धारण गरेको छ। कम्पनीले ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँ जारी पूँजीको २० प्रतिशतले हुने १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो।

यस आईपीओ वितरण गर्दा ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित स्थानीयलाई, ६८ हजार ९६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, १३ हजार ७९३ कित्ता कर्मचारीलाई, ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषलाई र बाँकी ५ लाख ७२ हजार ४३१ कित्ता थप सर्वसाधारणलाई बाँडफाँट गरिएको थियो।

सूर्यकुण्ड हाइड्रोले नुवाकोट जिल्लामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ। यस आयोजनाबाट गत साउन १२ गतेदेखि नै व्यावसायिक उत्पादन सुरु भएको थियो। आयोजनाको कूल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस