×
Lagani
Lagani Shiksha gif
लगानी गर्न तयारि रहनुहोस : १२ कम्पनीले आइपियो निस्कासन गर्दै , कसको कति हेर्नुहोस ?



आज भोलि बजार बुलिस ट्रेन्डमा चलीरहदा लगानीकर्तामाजा आइपियो चर्चाको बिषय बनेको छ। हाल सेबोनको पाइपलाइनको आधारमा भन्नेहो भने छिटै नै विभिन्न १२ वटा कम्पनीले साधारण शेयर (आइ पि ओ) निष्कासन गर्दैछन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) काे स्वीकृतिदिना साथ् कम्पनीले आइपियो निस्कासन प्रक्रिया आगाडी बढाउने छन्।

आइपियो निस्कासनको तयारीमा रहेका कम्पनीहरु।

Lagani Shiksha gif
sharehubapk लगानी गर्न तयारि रहनुहोस : १२ कम्पनीले आइपियो निस्कासन गर्दै , कसको कति हेर्नुहोस ?

१) मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

 

२) बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ८ गते, बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्न लागेकाे हाे ।

३) सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

४) साहस उर्जा कम्पनी लिमिटेड

साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ ।

 

५) ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे छ ।

६) हिमालयन हाइड्रोपावर कम्पनी लिमिटे

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

७) सामलिङ्ग पावर कम्पनी लिमिटेड

सामलिङ्ग पावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५० करोड रूपैयाँ बराबरकाे ५० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ५ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

८) सिबिआइएल क्यापिटल लिमिटेड

सिबिआइएल क्यापिटल लिमिटेडले ३ कराेड रूपैयाँ बराबरकाे ३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल वैशाख १९ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

९) मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

१०) न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ ।

११) विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

१२) डिस मिडिया नेटवर्क लिमिटेड

डिसहोमले २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २९ गते साेमबार सेबोनमा निवेदन पेश गरेकाे हाे ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस