×
Lagani
Lagani Shiksha gif
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची



काठमाडौं, ६ साउन । राष्ट्रिय सभाको बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ ।

 

आजको बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवति न्यौपानेले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा बिधेयक, २०८० लाई  दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने गृह मन्त्री रमेश लेखलले प्रतिनिधिसभावाट सन्देसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस