राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा जाने भएका छन्।
पत्नी निकिता पौडेल, सचिवालयका केही सदस्य र पार्टीका केही सांसदहरूसहितको टोलीले यो दुईदिने भ्रमण गर्नेछ। यस भ्रमणका क्रममा लामिछानेले भारतको सत्तारुढ दल भाजपाका साथै अन्य प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणको मिति आगामी केही दिनभित्रै तय गरिने बताइएको छ। यो भ्रमणले नेपाल-भारत द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहकार्यका नयाँ आयाम खोज्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted













