×
Lagani
Lagani Shiksha gif
आईसीएफसी फाइनान्सको ५ वर्ष पुरानो नगद लाभांश बुझ्न आग्रह



काठमाडौं, ०८ साउन । आईसीएफसी फाइनान्स लिमिटेडले पाँच वर्षभन्दा बढी समयदेखि नबुझिएको नगद लाभांश यथाशीघ्र दाबी गर्न आफ्ना सेयरधनीलाई आग्रह गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को लाभांश अझै केही सेयरधनीले नलिएको भन्दै सूचना जारी गरेको हो।

कम्पनीका अनुसार उक्त लाभांश १५औँ र १६औँ वार्षिक साधारणसभाबाट स्वीकृत भएको थियो। लाभांश प्राप्त गर्न बाँकी रहेका सेयरधनीले काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेड (शेयर रजिस्ट्रार) मा सम्पर्क गरी आफ्नो बक्यौता रकम बुझिलिनुपर्नेछ।

Lagani Shiksha gif
sharehubapk आईसीएफसी फाइनान्सको ५ वर्ष पुरानो नगद लाभांश बुझ्न आग्रह

कम्पनीले सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र पनि लाभांश दाबी नगरेमा कम्पनी ऐन, २०६३ को दफा १८२ बमोजिम सो रकम स्वतः लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने स्पष्ट पारेको छ।

लाभांश लिन बाँकी रहेका सेयरधनीहरूको नामावली आईसीएफसी फाइनान्स र ग्लोबल आइएमई क्यापिटलको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यसैबीच, आर्थिक वर्ष २०७४÷७५ देखि २०८१÷८२ सम्मको नगद लाभांश बैंक खातामा जम्मा हुन नसकेका सेयरधनीलाई आफ्नो हितग्राही (डीम्याट) खातामा बैंक विवरण अद्यावधिक गर्न पनि कम्पनीले अनुरोध गरेको छ। भौतिक शेयरधनीलाई सकेसम्म छिटो शेयर अभौतिकीकरण (डिम्याट) गर्न आग्रह गरिएको छ। साथै, बैंक विवरण नमिलेर पुनः आईपीएसमार्फत रकम पठाउनुपरेमा प्रति सेयरधनी ५ रुपैयाँ पुनःप्रक्रिया (रि–प्रोसेस) शुल्क लाग्ने जानकारी पनि कम्पनीले दिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस