×
Lagani
Lagani Shiksha gif
कालिन्चोक हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?



कालिन्चोक हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज शुक्रबार सूचीकृत भएको छ।

यस सूचीकरणसँगै कम्पनीको कुल ५५ लाख कित्ता सेयर लगानीकर्ताका लागि खुला भएको छ, जसमा सर्वसाधारणका लागि १३ लाख ७५ हजार कित्ता र संस्थापक सेयरधनीहरूको ४१ लाख २५ हजार कित्ता सेयर समावेश छन्।

नेप्सेले कालिन्चोक हाइड्रोपावरको सेयर कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको प्रारम्भिक मूल्य सीमा (ओपनिङ रेन्ज) तोकेको छ। यो मूल्य सीमाको आधारमा आगामी सोमबार, जेठ ११ गते, विशेष पूर्व-खुला सत्र (स्पेशल प्रि ओपन सेसन) मा कारोबार सुरु भएपछि नियमित बजारमा यसको किनबेच हुनेछ। कम्पनीलाई नेप्सेले ‘KHPL’ स्टक टिकर प्रदान गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस