×
Lagani
Lagani Shiksha gif
विदेशी कलेजको मनलाग्दी बन्द हुदै , कडा नियमसहित नयाँ नियमावली लागु हुने।



विदेशी विश्वविद्यालयहरूसँग सम्बन्धन प्राप्त कलेजहरूको शैक्षिक गुणस्तर र सञ्चालनलाई प्रभावकारी रूपमा नियमन गर्नका लागि सरकारले कडा कदम चाल्ने भएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस सम्बन्धमा नयाँ नियमावली ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। आइतबार एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विदेशी सम्बन्धन प्राप्त कलेजहरूबाट गुनासोको चाप बढेको र यसलाई सम्बोधन गर्न नियमन अपरिहार्य रहेको बताउनुभयो। मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइसकेको छ। यी दुवै मन्त्रालयको राय र स्वीकृति प्राप्त भएपछि उक्त नियमावली मन्त्रिपरिषद्मा पेश गरिनेछ।

नयाँ नियमावलीले विदेशी विश्वविद्यालयहरूसँग सम्बन्धन प्रदान गर्ने वा नगर्ने मापदण्डलाई स्पष्ट पार्नेछ, साथै सञ्चालनका लागि आवश्यक नियम र दिशानिर्देशहरू पनि समेट्नेछ। मन्त्री पोखरेलले नेपाली विश्वविद्यालय र कलेजहरू नियमनको दायरामा रहे पनि विदेशी सम्बन्धन प्राप्त कलेजहरू भने व्यवस्थित नियमनमा नपरेको अवस्थालाई औँल्याउनुभयो।

हाल शिक्षा मन्त्रालयले शिक्षा नियमावली, शैक्षिक परामर्श संस्था नियमावली र विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली गरी तीन वटा महत्वपूर्ण नियमावलीलाई एकसाथ अघि बढाइरहेको छ। शिक्षा ऐन तत्काल संसद्को चालु अधिवेशनमा पेश गर्न सम्भव नभएपछि, नियमावलीमार्फत नै आवश्यक नीतिगत सुधारलाई अघि बढाउने रणनीति मन्त्रालयले लिएको छ।

मन्त्री पोखरेलले सरोकारवालाहरूले उठाएका गुनासोहरूको सम्बोधन गर्न नियमावली तयार पारिएको र यसलाई छिट्टै मन्त्रिपरिषद्बाट पारित गराउने तयारी रहेको बताउनुभयो। यसका अतिरिक्त, शिक्षक दरबन्दी मिलानको प्रक्रिया पनि अघि बढिसकेको जानकारी उहाँले दिनुभयो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस