×
Lagani
Lagani Shiksha gif
साउन २६ देखि भुजुङ हाईड्रोपावरको ५० हजार सेयर कारोबारयोग्य बन्ने



काठमाडौं, २४ असार । भुजुङ हाईड्रोपावर लिमिटेड को सामूहिक लगानी कोषका नाममा रहेको ५० हजार कित्ता साधारण सेयरको लक–इन अवधि यही साउनमा समाप्त हुने भएको छ। कम्पनीका अनुसार साउन २६ गतेदेखि उक्त सेयरको लक–इन अवधि सकिएसँगै कारोबारका लागि खुला हुनेछ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिबाट गणना हुने छ महिनाको अनिवार्य लक–इन अवधि पूरा भएपछि सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर स्वतन्त्र रूपमा कारोबार गर्न मिल्नेछ।

Lagani Shiksha gif
sharehubapk साउन २६ देखि भुजुङ हाईड्रोपावरको ५० हजार सेयर कारोबारयोग्य बन्ने

प्रचलित धितोपत्र व्यवस्थाअनुसार सामूहिक लगानी कोषलाई छुट्याइएका साधारण सेयर निश्चित अवधिसम्म बिक्री गर्न नपाइने व्यवस्था छ। सोही व्यवस्थाअनुसार रोक्का रहेको भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयर साउन २६ गतेपछि फुकुवा हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस