×
Lagani
Lagani Shiksha gif
प्रतिनिधिसभाका हर्कराज राई पदमुक्त



राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका छन्।

सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले राईलाई पदबाट हटाएका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा मंगलबार जारी विज्ञप्तिमा राईलाई पदमुक्त गरिएको जानकारी दिइएको छ।

Lagani Shiksha gif
sharehubapk प्रतिनिधिसभाका हर्कराज राई पदमुक्त

विज्ञप्तिअनुसार सभामुख अर्यालले वैशाख २८ गते राईलाई पदमुक्त गर्न सिफारिस गरेका थिए। सोही सिफारिसअनुसार संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राष्ट्रपति पौडेलले राईलाई पदमुक्त गरेका हुन्।

pad mukt scaled प्रतिनिधिसभाका हर्कराज राई पदमुक्त

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
राम प्रसाद शर्मा
Guest
राम प्रसाद शर्मा
May 12, 2026 9:30 pm

यो बूढो के स्वार्थ बोकेर लतारिनपरेहोला ?
एतिको अपमान सहेर पनि कुर्सीमा रहिरहन पर्ने ?
प्रमुख प्रतिपक्षी लाई नै कामकारबाही गरेपछि
गणतन्त्र को रक्षा हुन्छ ?



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस