×
Lagani
Lagani Shiksha gif
हर्क राज राईलाई प्रतिनिधिसभाबाट हटाउदै सभामुख डोलप्रसाद अर्याल



प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयका सचिव हर्कराज राईलाई पदबाट हटाउने प्रक्रिया अघि बढाएका छन्।

यसका लागि उनले राईसँग आधिकारिक स्पष्टीकरण माग गरेका छन्, जसको जवाफ सचिवले समेत बुझाइसकेका छन्। सभामुखले स्पष्टीकरण सोध्नुको मुख्य कारण दुई वटा देखिएको छ। पहिलो, प्रतिनिधिसभा अन्तर्गतका संसदीय विषयगत समितिहरूलाई सक्रिय बनाउन अपेक्षित तदारुकता नदेखाएको आरोप। २७ चैतमा गठन भएका समितिहरू र ४ वैशाखमा सभापति पाए पनि ती समितिहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको विषयलाई कार्यसम्पादनको कमजोरीका रूपमा लिइएको छ।

Lagani Shiksha gif
sharehubapk हर्क राज राईलाई प्रतिनिधिसभाबाट हटाउदै सभामुख डोलप्रसाद अर्याल

दोस्रो, संसद् बैठकमा सांसदहरूलाई बोल्ने समय व्यवस्थापन गर्दा पक्षपातपूर्ण ढंगले प्रस्ताव अघि बढाएको भन्ने आरोप छ। सभामुखले यी विषयलाई सचिव राईको कार्यक्षमता र पदीय जिम्मेवारीसँग जोडेर स्पष्टीकरण माग गरेका हुन्। संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाका सचिव सभामुखको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ। त्यसैगरी हटाउने प्रक्रिया पनि सभामुखको सिफारिसपछि राष्ट्रपतिको निर्णयबाट हुने कानुनी प्रावधान रहेको छ।

संघीय संसद सम्बन्धी ऐन २०७५ अनुसार कार्यक्षमता अभाव, खराब आचरण वा पदीय जिम्मेवारी इमान्दारीपूर्वक पूरा नगरेको अवस्थामा सम्बन्धित सभाको सभामुखको सिफारिसमा सचिवलाई पदमुक्त गर्न सकिन्छ। तर, यस्तो निर्णय अघि सम्बन्धित व्यक्तिलाई सफाइ पेश गर्ने उचित अवसर दिनुपर्ने व्यवस्था समेत गरिएको छ।

त्यही कानुनी प्रक्रिया अनुसार नै सभामुख अर्यालले हाल सचिव राईसँग स्पष्टीकरण माग गरेका हुन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Surendra Chaulagain
Guest
Surendra Chaulagain
May 5, 2026 7:34 pm

समाचार पढेर खुसी लाग्यो

Madhav Lamichhane
Guest
Madhav Lamichhane
May 6, 2026 10:27 am

समाचार पढेर खुशी लाग्यो, किनभने हर्क को शैली हेर्दा लाग्छ भित्रभित्रै पुराना दल एमाले र माओवादीको सल्लाह अनुसार हलो अड्काउने प्रयत्न गरेको देखिन्छ जुन अहिले सांसदहरुलाइ त्यो ब्यवहार स्वभावीक लाग्दैन, ५ वर्षमा गर्नुपर्ने काम धेरै छन अहिलेको संसद पहिलेको जस्तो पनि हैन ।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस