×
Lagani
Lagani Shiksha gif
गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने।



यस वर्षको गणतन्त्र दिवसको मूल समारोहलाई प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले समारोहमा आफूले सम्बोधन नगर्ने जानकारी राष्ट्रपति कार्यालयलाई गराइसकेका छन् । हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्छ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुने परम्परा छ । विगतमा उक्त मूल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको थियो ।

तर, यसपटक प्रधानमन्त्री शाहले गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिबाट सम्बोधन गराउन आग्रह गरेका छन् । स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपति रहने भएकाले समारोहलाई राष्ट्रपतिले सम्बोधन गरिदिन अनुरोधसहित राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको हो ।

प्रधानमन्त्री बनेयता सार्वजनिक समारोहमा कम देखिँदै आएका शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा पठाइएको पत्रमा गणतन्त्र दिवसको अवसरमा हुने मुख्य समारोहलाई राष्ट्रपतिबाट सम्बोधन गराउन आग्रह गरिएको बताइएको छ ।

संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गरिएको छ । उक्त धाराको उपधारा २ अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा काम गर्ने व्यवस्था छ । सोही संवैधानिक व्यवस्थालाई आधार मानेर यस वर्ष गणतन्त्र दिवसको मूल समारोह राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस