×
Nepse Bajar Messenger Channel
प्रतिनिधिसभामा प्रधानमन्त्री नबोल्ने, सांसदका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने



सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहले नदिने भएका छन्।

प्रतिनिधिसभामा बुधबार नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यक्रम छ। संसदीय व्यवस्थाअनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सामान्यतया प्रधानमन्त्रीले दिने प्रचलन छ। तर यसपटक प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको स्रोतहरूले जनाएका छन्।

प्रधानमन्त्री सचिवालय र अर्थमन्त्रीको सचिवालयका स्रोतका अनुसार नीति तथा कार्यक्रमबारे सांसदहरूले उठाउने प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन्। संसद् सचिवालयका एक अधिकारीले पनि प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको पुष्टि गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस