×
Lagani
Lagani Shiksha gif
बन्द सरकारी उद्योग सञ्चालन गर्दै सरकार : हेटौँडा कपडा उद्योगबाट सुरुवात, सरसफाइ र तयारी तीव्र



लामो समयदेखि बन्द अवस्थामा रहेका सरकारी स्वामित्वका उद्योगहरू पुनः सञ्चालन गर्ने सरकारी अभियानअन्तर्गत हेटौँडा कपडा उद्योगलाई पहिलो प्राथमिकतामा राखिएको छ।

उद्योग पुनः सञ्चालनको तयारीस्वरूप सम्बन्धित निकायहरूले स्थलगत अनुगमन, सरसफाइ तथा पूर्वाधार मूल्याङ्कनको काम तीव्र पारेका छन्। २०३५ सालदेखि उत्पादन थालेको हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द अवस्थामा रहेको थियो। विगतमा पटकपटक सञ्चालन प्रयास भए पनि सफल हुन नसकेको उद्योगलाई यसपटक पुनर्जीवित गर्ने तयारी अघि बढाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अग्रसरतामा उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

Lagani Shiksha gif
sharehubapk बन्द सरकारी उद्योग सञ्चालन गर्दै सरकार : हेटौँडा कपडा उद्योगबाट सुरुवात, सरसफाइ र तयारी तीव्र

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसहित स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवाला निकायका प्रतिनिधिले उद्योग परिसरको निरीक्षण गरिसकेका छन्। सरकारको योजना अनुसार हेटौँडा कपडा उद्योगसँगै बुटवल धागो कारखाना र कपास उत्पादनसँग सम्बन्धित संरचनाहरूलाई समेत पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ।

यसैबीच उद्योग परिसरको सरसफाइ तथा व्यवस्थापन कार्य पनि सुरु गरिएको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सहभागितामा उद्योग क्षेत्र सफा गर्ने अभियान सञ्चालन गरिएको छ। लामो समय बेवारिसे बनेको परिसर अहिले सुरक्षित र व्यवस्थित अवस्थामा रहेको जनाइएको छ।

सरकारले आगामी आर्थिक वर्षभित्र हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। बन्द अवस्थामा रहेका रुग्ण उद्योगमध्ये हेटौँडा कपडा उद्योग सबैभन्दा पहिले पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस