×
Lagani
Lagani Shiksha gif
भद्रगोल बन्यो रास्वपा महाधिवेशन, पदाधिकारीको मतदान अझै सुरु हुन सकेन।



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरु हुन सकेको छैन । केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको प्रारम्भिक नामावली समेत सार्वजनिक नगरेपछि मतदान बारे अन्योल कायमै रहेको छ ।

आयोगले सार्बजनिक गरेको तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक सूची राति १ बजे सार्वजनिक गर्ने र बिहान ४ बजेदेखि मतदान सुरु गर्ने थियो । तर अहिलेसम्म पनि प्रारम्भिक सूची सार्वजनिक हुन नसकेपछि अन्योलता बढेको हो ।

Lagani Shiksha gif
sharehubapk भद्रगोल बन्यो रास्वपा महाधिवेशन, पदाधिकारीको मतदान अझै सुरु हुन सकेन।

प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी-विरोधको प्रक्रिया, अन्तिम उम्मेदवार सूची प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण राख्ने काम बाँकी रहेकाले मतदान शुरु हुन ढिला हुने देखिएको छ ।

यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने खुला उपसभापतिमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा. स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन् । यस्तै, महामन्त्री पदका आकांक्षी शिशिर खनालले समेत आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

अब महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ । महिला उपसभापतिमा सोबिता गौतम र डा. तोसिमा कार्की प्रतिस्पर्धामा छन् । यसैगरी महामन्त्री पदमा मनीष झा, विपिन आचार्य, कवीन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद न्यौपानेलगायत उम्मेदवार छन् ।

अर्कोतर्फ पदाधिकारी चयनमा सहमतिको प्रयास जारी रहेको बताइएको छ । सभापति रवि लामिछानेले धेरै प्रतिनिधि फर्किसकेको र ढिला भएको भन्दै मतदानमा नगएर सहमतिको प्रयास गरिरहेको बताइएको छ ।

निर्वाचन प्रक्रिया निर्धारित समयभन्दा ढिला भएपछि प्रतिनिधिहरु भने आक्रोशित बनेका छन् । पहिलो चरणको निर्वाचनमै एक हजार भन्दा बढी कम मत परेकोमा दोस्रो चरणको निर्वाचन ढिला हुदा प्रतिनिधि फर्किने क्रम बढिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस