×
Lagani
Lagani Shiksha gif
मेरो राष्ट्रियताप्रति शंका नगर्नुहोला- प्रधानमन्त्री बालेन



प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियताप्रति शंका नगर्न आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रियताप्रति आशंका व्यक्त नगर्न आग्रह गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk मेरो राष्ट्रियताप्रति शंका नगर्नुहोला- प्रधानमन्त्री बालेन

उनले आफुले प्रमाण आवश्यक परेमा तत्कालिन ब्रिटिश सरकारसँग रहेको प्रमाण ल्याउने भनेको तर बेलायतलाई मध्यस्थता गर्न नभनेको स्पष्ट गरे ।

उनले नेपालको सीमा बारे स्पष्ट धारणा रहेको भन्दै कालापानी लिपुलेकको प्रमाण रहेको बताए । उनले आफुहरुले यसै कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्ने बताउदै अर्को चुनावमा अर्को एजेण्डा लिएर चुनावमा जाने बताए । उनले एक्सप्रेस बाटोमा हिडेको गाडी भएको बताउदै गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्ने बताएका हुन् । त्यस्तै उनले रास्वपा विकासवादी पार्टी भएको बताउदै लेफ्ट राइट के हो भनेर चिन्ता लिन नपर्ने बताए ।

उनले पार्टी महाधिवेशनमा गुटबन्दी नगर्न आग्रह गर्दै बहुमतको सरकार भएकाले सबै नेता कार्यकर्ता एक भएर महाधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस