राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राजा ल्याउनुपर्छ भन्नेहरुले पनि रास्वपालाई मत दिएको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राजा चाहिन्छ भन्ने जनताले पनि बालेनले राजा ल्याउछ भनेर रास्वपालाई भोट हालेको बताएका हुन् ।
लिङदेनले रास्वपा र राप्रपाले एकै विषय परिवर्तको पक्षमा वकालत गरेको स्मरण गर्दै निर्वाचनबाट परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी पाएको बताए । इतिहासले कहिल्लै नदिने अवसर रास्वपालाई दिएको बताउदै लिङदेनले यो अवसर गुमाएमा त्यसको असर रास्वपालाई मात्र नभएर सिंगो देशलाई हुनेतर्फ सचेत गराएका थिए ।
जनताले निर्वाचनमा राजनीतिक दल र नेता बिर्सेर एक कदम अगाडी सरेर निर्णय गरेको बताउदै लिङदेन रास्वपालाई विशिष्ट जिम्मेवारी दिएको जिकिर गरे ।
उनले संबिधानमा परिवर्तन नगरिकन देशले निकास नपाउने दाबि गर्दै उनले अवसरको सदुयोग गर्न आग्रह गरे । उनले सरकारले गरेका राम्रा काममा राप्रपाले सहयोग गर्ने बताउदै गलत काम गरेमा खबरदारी गरिरहने समेत बताए ।
















