×
Lagani
Lagani Shiksha gif
रास्वपाको सफलता लोभलाग्दो छ- गगन थापा



नेपाली काँग्रेसका सभापति गगन थापाले रास्वपाले चार बर्षमा हासिल गरेको सफलता लोभ लाग्दो भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै रास्वपाको सफलता लोभ लाग्दो भएको बताउदै

Lagani Shiksha gif
sharehubapk रास्वपाको सफलता लोभलाग्दो छ- गगन थापा

सभापति थापाले नेपालको राजनीतिमा रास्वपाले हासिल गरेको जनमत असाधारण रहेको बताउदै यस अघि यस्तै जनमत दुर्घटनामा परेको बताए । उनले विगतका पाठ सिक्दै यसअघि अगाडी बढ्ने विश्वास गरे ।

कांग्रेस रास्वपाको प्रतिष्पर्धी भएको भन्दै कांग्रेस भित्रको दुर्गन्ध हटाएर ठुलो हुने बताए । उनले सरकारलाई प्रश्न उठाउने बेलामा प्रश्न उठाउने र विरोध गर्ने बेलामा नडराएर उठाउने बताए ।

उनले पछिल्ला १०-१२ बर्षमा आफ्नै पार्टी नेतृत्वले गरेका गल्ति स्वीकार गर्दै प्रयास गरेपनि नसकेको बताए ।

उनले आफुहरुले आफ्नै पार्टीका नेताहरुलाई प्रश्न गरेको ढिला गरेकोले त्यसको सजाय पनि भोगेको बताउदै रास्वपाका नेता कार्यकर्तालाई गल्ति गर्ने नेताहरुलाई प्रश्न गर्न आग्रह गरे ।

उनले गरिवी र विभेद हामी सबैको दुश्मन भएको भन्दै यसको अन्त्य गर्न मिलेर काम गर्ने बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस