×
Lagani
Lagani Shiksha gif
स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस नतिजा।



स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो। कम्पनीले सर्वसाधारणका लागि वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ७८ हजार १२५ कित्ता शेयर निष्काशन गरेको थियो। आईपीओमा मागभन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथाबाट गरिएको हो।

बाँडफाँडबाट करिब ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ। आईपीओको नतिजा सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, मेरो शेयर तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत हेर्न सकिनेछ।

कम्पनीको जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ। यसमध्ये २० प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारण समूहका लागि छुट्याइएको थियो। त्यसअन्तर्गत आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर छुट्याइसकेपछि बाँकी ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

स्नो रिभर्स लिमिटेडले ताप्लेजुङ जिल्लामा १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला–ए जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘आईसीआरएएनपी–आईआर बीबी प्लस’ रेटिङ दिएको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको जनाउँछ।

स्नो रिभर्स लिमिटेडको आईपीओ नतिजा कसरी हेर्ने ?

स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँडको नतिजा सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, मेरो शेयर र बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत हेर्न सकिन्छ।

१. सीडीएससी आईपीओ रिजल्ट पोर्टलबाट हेर्ने तरिका

आईपीओको नतिजा हेर्न सबैभन्दा सजिलो तरिका सीडीएससीको आधिकारिक आईपीओ रिजल्ट वेबसाइट हो।

  1. सबैभन्दा पहिले https://iporesult.cdsc.com.np/ मा जानुहोस्।
  2. Company Name मा Snow Rivers Limited छनोट गर्नुहोस्।
  3. आफ्नो BOID नम्बर लेख्नुहोस्।
  4. त्यसपछि View Result मा क्लिक गर्नुहोस्।
  5. तपाईंलाई शेयर परेको छ वा छैन भन्ने नतिजा देखिन्छ।

२. सानिमा क्यापिटलबाट हेर्ने तरिका

स्नो रिभर्स लिमिटेडको आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड भएकाले नतिजा सानिमा क्यापिटलको वेबसाइटबाट पनि हेर्न सकिन्छ।

  1. सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/ मा जानुहोस्।
  2. आईपीओ नतिजा सम्बन्धी सेक्सन वा लिंक खोल्नुहोस्।
  3. आफ्नो BOID नम्बर राखेर नतिजा हेर्नुहोस्।

३. मेरो शेयरबाट हेर्ने तरिका

मेरो शेयर प्रयोगकर्ताले आफ्नो खातामा लगइन गरेर पनि आईपीओ नतिजा हेर्न सक्छन्।

  1. https://meroshare.cdsc.com.np/ मा जानुहोस्।
  2. आफ्नो DP, Username र Password प्रयोग गरी लगइन गर्नुहोस्।
  3. My ASBA मेनुमा जानुहोस्।
  4. Application Report मा क्लिक गर्नुहोस्।
  5. स्नो रिभर्स लिमिटेडको आवेदन विवरण खोलेर नतिजा हेर्नुहोस्।

नतिजा हेर्दा BOID नम्बर सही राख्नुपर्छ। गलत BOID राखिएमा नतिजा देखिँदैन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस