×
Lagani
Lagani Shiksha gif
गणेश नेपालीको घटनाले राज्य, समाज र सामूहिक चेतनालाई गम्भीर रूपमा झस्कायो- गगन थापा



नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनाले राज्य, समाज र सामूहिक चेतनालाई गम्भीर रूपमा झस्काएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले यसलाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाई राज्य सञ्चालन, सामाजिक उत्तरदायित्व र नागरिकप्रतिको संवेदनशीलतासँग जोडेर आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन् ।

Lagani Shiksha gif
sharehubapk गणेश नेपालीको घटनाले राज्य, समाज र सामूहिक चेतनालाई गम्भीर रूपमा झस्कायो- गगन थापा

थापाले यस्तो घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय बनाउन नहुने उल्लेख गर्दै एउटा नागरिक आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्नको इमानदार जवाफ खोज्नुपर्ने बताएका छन् । राज्यका सेवा, संयन्त्र र नीतिले नागरिकलाई आड, भरोसा र सुरक्षा दिन नसक्दा यस्ता दुःखद घटना दोहोरिन सक्ने भएकाले त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले भनेका छन्- 'हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ । एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ ?'

उनले समाज, परिवार, राज्य र नागरिक सबैले आफ्नो भूमिका आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । भविष्यमा कुनै पनि नागरिकले निराशाको चरम अवस्थामा पुगेर यस्ता कदम चाल्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको धारणा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस