×
Lagani
Lagani Shiksha gif
बैंकिङ प्रणालीको अधिक तरलता तान्न राष्ट्र बैंकको कदम, ६० अर्ब रुपैयाँ निक्षेप संकलन हुँदै



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ बजारबाट फिर्ता तान्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।

राष्ट्र बैंकका अनुसार यसका लागि बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल (बिडिङ) प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म ५ करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

Lagani Shiksha gif
sharehubapk बैंकिङ प्रणालीको अधिक तरलता तान्न राष्ट्र बैंकको कदम, ६० अर्ब रुपैयाँ निक्षेप संकलन हुँदै

यस निक्षेप संकलन प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। संकलित रकमको साँवा र ब्याज आगामी असोज २६ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता नियन्त्रण, बजारमा मुद्रा आपूर्तिको सन्तुलन कायम राख्ने तथा मौद्रिक स्थायित्व सुनिश्चित गर्ने उद्देश्यले राष्ट्र बैंकले समय–समयमा निक्षेप संकलनजस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस