×
Lagani
Lagani Shiksha gif
नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ८६ करोडको कारोबार



नेप्सेमा आज पनि सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से १.१३ अंकले घटेर २६००.७८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६७ कम्पनिका एक करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ मा कारोबार भएको थियो । आज लगानी, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक क्षेत्रको शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ८६ करोडको कारोबार

आज, सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर १०.६६ प्रतिशतले बढेको छ भने कुमारी इक्विटी फण्डको शेयर ९.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी भगवती हाइड्रोको शेयर ७.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेपाल बैंक डिभेन्चर ८७ को ८९ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने आरबिबिएल डिभेन्चर ८३ को ६९ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस