×
एसईईको नतिजा स्प्यारो एसएमएसबाट सजिलै हेर्न सकिने, यस्तो छ तरिका



माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा स्प्यारो एसएमएसमार्फत सजिलै हेर्न सकिने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेपछि विद्यार्थी तथा अभिभावकले ३५००१ सर्टकोडमा एसएमएस पठाएर आफ्नो नतिजा मोबाइलमै प्राप्त गर्न सक्नेछन्। स्प्यारो एसएमएसले विगत १६ वर्षदेखि एसईईको नतिजा एसएमएसमार्फत उपलब्ध गराउँदै आएको छ। नतिजा सार्वजनिक हुने समयमा वेबसाइटमा अत्यधिक चाप पर्ने र साइट नखुल्ने समस्या देखिन सक्ने भएकाले एसएमएस सेवा विद्यार्थीका लागि सहज विकल्प मानिएको छ।

इन्टरनेट नभएको अवस्थामा पनि सामान्य मोबाइलबाटै नतिजा हेर्न सकिने भएकाले गाउँ–दूरदराजका विद्यार्थीलाई समेत यो सेवा उपयोगी हुने कम्पनीले जनाएको छ। स्प्यारो एसएमएसका अनुसार नतिजा सार्वजनिक भएपछि विद्यार्थीले आफ्नो सिम्बोल नम्बर पठाएर जीपीएसहितको नतिजा प्राप्त गर्न सक्नेछन्।

नतिजा हेर्न विद्यार्थीले मोबाइलको मेसेज बक्समा गएर SEE लेखी एक स्पेस दिएपछि आफ्नो सिम्बोल नम्बर टाइप गर्नुपर्नेछ। त्यसपछि उक्त मेसेज ३५००१ मा पठाएपछि नतिजा मोबाइलमै प्राप्त हुनेछ।

उदाहरणका लागि, विद्यार्थीको सिम्बोल नम्बर 12345678A भए मेसेज बक्समा SEE 12345678A टाइप गरी ३५००१ मा पठाउनुपर्नेछ।

स्प्यारो एसएमएस नेपालमा मोबाइल म्यासेजिङ सेवा प्रदान गर्दै आएको कम्पनी हो। कम्पनीले सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था लगायत हजारौँ संस्थालाई सेवा दिँदै आएको जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस