MDB 475 0.1 DDBL 720 -1.4 RBCL 13350 -40 SICL 688 -2 GMFBS 1242 8 SPIL 790 0.1 KEF 8.1 -0.1 SIGS2 7.96 0.02 NABILD87 1040 -20 SBI 279.1 -2.5 USHL 469 9 RNLI 427 -5.4 SRLI 440 -2.3 CFCL 390 -6 GCIL 484.6 4.6 SPC 515 1 RHPL 267 -1 HDL 1313 13 NMB 178.1 -1.8 EBLD86 981 -6 IHL 388 -3.9 SWBBL 810 4 NICFC 8.48 -0.12 PRVU 140 -1.5 ACLBSL 866 -8.1 DHPL 198.9 -3.6 KSBBLD87 1007.1 -12.9 NMB50 9.55 0.18 NLIC 590.4 1.4 BNT 13000 289 NMFBS 1296 -24 SIGS3 9.28 0.33 GLH 205 -5 SARBTM 791 21 NICGF 9.4 -0.16 BPCL 294 -0.5 UPCL 194.5 -4.4 SHEL 155 -1.9 MBL 167 -3.8 NICLBSL 649.7 -6.3
×
मिर्मिरे लघुवित्तको साधारण सभा फागुन १४ गते , लगानीकर्तालाई छैन लाभांश।



मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ ।

साे सभा फागुन १४ गते होटल सारथी, धुलिखेल नगरपालिका वडा–७, धुलिखेल, क्राभेपलान्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभा प्रयोजनका लागि संस्थाले आज बुक क्लोज गर्दैछ । तसर्थ, बिहीबार फागुन ३ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । मिर्मिरे लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट घोषणा गरेको ६.३२ प्रतिशत लाभांश रद्द गरेको थियो ।

सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ भने सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । त्यसका साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको कम्पनीले जनाएको छ । संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परेमा सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस