×
Lagani
Lagani Shiksha gif
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपीओमा आवेदन दिने आज अन्तिम दिन



सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो।

कम्पनीले पुस २५ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो। सर्वोत्तम सिमेन्टले पहिलो पल्ट बुक बिल्डिङ विधिबाट आइपीओ जारी गरेको हो। उक्त आइपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि खुला गरिएको थियो सोही आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकोले आवेदकले आज कार्यालय समयभित्र आवेदन दिनसक्ने छन। स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता बिक्रीमा ल्याएको हो।

Lagani Shiksha gif
sharehubapk सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपीओमा आवेदन दिने आज अन्तिम दिन

यस आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। सर्वोत्तमको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्ने हुन्छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन्।

यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्बर ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नम्बर १, २ र ३, माथागढी गाउँपालिकाको वडा नम्बर ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नम्बर ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्याएको छ।

सर्वोत्तमको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ। उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै, खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। इक्रा नेपालले सर्वोत्तमलाई वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउने ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस