SRBLD83 1040 0 GIBF1 8.42 0.1 NRN 500.1 -5.4 GLH 205 -5 MCHL 373 -6 ULHC 329.1 -12.9 KDBY 8.59 -0.21 NABBC 516 1.7 CHCL 434.3 -5.7 NBLD82 1031.5 -3.5 SABSL 874 -16 BNHC 515 23 NBF3 7.3 0 KBL 138 -2 GCIL 484.6 4.6 GBLBS 778 -26.6 SMH 680.1 23.1 HLBSL 964 15 CMF1 8.83 -0.11 KBLD86 1077 -0.7 SJCL 266.1 -2.9 RLFL 388.5 -4.5 JFL 510 -2.7 MNBBL 352 -2 SADBL 326 1 NLICL 540 -9 SHLB 1586.9 26.9 ADBLD83 1098.5 42.5 SBL 226 -3.2 BBC 3728.9 -13.1 GHL 149.6 1.4 SWMF 808 -2 MKLB 1100 33.9 PHCL 292.5 -5.5 SWBBL 810 4 MEN 544.8 -1.9 GMFBS 1242 8 SNLI 464 1.8 NMB50 9.55 0.18 NICL 840.9 -4.1
×
नाफा बढाएको सिटीजन लाइफले IPO निष्कासन गर्दै



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दाेश्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ३७ करोड ५३ लाख ४२ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । कम्पनीले सार्वजनिक गरेको उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ७३.२९ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ७९ करोड ३६ लाख ८८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे । उक्त विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ९.८१ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले १० करोड ३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रूपैयाँ बराबरकाे ७५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्दैछ ।

त्यस्तै कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ कराेड रूपैयाँ रहेको छ ।

साधारण शेयर (आइपिओ) निष्कासन गरे पश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब ५० कराेड रूपैयाँ पुग्नेछ । त्यसैगरी कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जगेडा कोषमा ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ रहेकाे छ ।

स्रोत:- laganikhabar

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस